Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन


२७ ,मङ्सिर ,इनरुवा (सुनसरी) । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।

उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए ।

मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उनि कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सदस्यसमेत थिए ।

मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताए । उनको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?