Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

राजनिति


कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा मनोनीत

१२ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आज उनलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ओलीलाई भ्रष्टाचारी भनेपछि एमालेले भन्यो – सरकारको जवाफबिना सदन चल्न दिदैनाैँ

१२ जेठ, काठमाडाै । नेकपा(एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टाचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सुरुमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद् बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी ओलीले

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

१२ जेठ, काठमाडाैँ । नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सो पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा आयोजित दोस्रो अनुशिक्षण कार्यक्रममा स्थानीय तहमा बजेट निर्माण गर्ने समय आएको सन्दर्भमा पार्टीका

संसदमा एमालेका सांसदहरूको नाराबाजी, बैठक अवरूद्ध

१२ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका

व्यवस्था फेरिए , अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल

१२ जेठ, हेटाैँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिए । उनले व्यवस्था फेरिए

‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

१२ जेठ, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भन्नुभएको रुसी समाचार एजेन्सीले

एक मन्त्रालयसहित लोसपा मधेस सरकारमा सहभागी

१२ जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस सरकारसँग केही दिनयता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेस सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोसपा नेपालबाट सरकारमा सहभागी हुँदै पर्साको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद

अध्यक्ष नेपाल न्यूजील्याण्ड जाने

१२ जेष्ठ ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन् । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने छन् । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च

सबै दलको विश्वास लिएर सरकार अगाडि बढ्छ : मुख्यमन्त्री यादव

११ जेष्ठ ,जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबै दलका प्रदेशसभा सदस्यको विश्वास लिएर सरकार अगाडि बढ्ने बताएका छन् । प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशअन्तर्गतका पालिकाहरूमा पठाउने ससर्त अनुदानको रकमका सम्बन्धमा बनेको कार्यविधिमा रहेको जटिलतालाई दलहरुकै

मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस जिल्ला पार्टी कार्यालय भवन शिलान्यास

११ जेष्ठ ,लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । बेँसीसहर नगरपालिका–८ झिङ्गेखोलामा निर्माण हुन लागेको नेपाली कांग्रेस लमजुङको बिपी स्मृति भवन उनले आज शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेशको मुहार फेर्नेगरी गण्डकी प्रदेश सरकार विकासका कार्यक्रममा अघि बढेको

सम्वन्धित समाचारहरु