Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव


१७ असार ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्ताव गरेको राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गरेका हुन् ।

सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताए । उनले भने, “नेपालीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, सम्पत्तिको सिमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरियो भने राज्यकोष मजबुद हुन्छ, ऋण लिन जरुरी हुँदैन ।”

यस्तै, सांसद सुमना श्रेष्ठले विभिन्न मन्त्रालयअन्र्तगतका बेरुजु र शोधभर्नाका कारण ऋण लिनसक्ने विश्वासको आधारसमेत प्रस्तुत गर्न नसक्ने अवस्थामा पुगेको बताईन् । “बजेटको आधाभन्दा बढी बेरुजु छ । कुन विश्वासका आधारमा अझै पनि ऋण लिने ?”, उनले प्रश्न गरिन् ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?