Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

जनप्रतिनिधीले बजेट माग्दै ढोकाढोका चाहर्ने प्रबृत्ति अन्त्य हुनुपर्छ – अध्यक्ष तिमिल्सिना


१७ असार ,काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधीले बिकासका योजनामा बजेट माग्दै मन्त्रालयका ढोकाढोका चाहर्ने प्रबृत्ति अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
राष्ट्रिय सभाको दिगो बिकास तथा सुशासन समिति र गण्डकी प्रदेश निती तथा योजना आयोगको आयोजनामा पोखरामा भएको “नेपालमा दिगो बिकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदिय अध्ययन तथा मुल्यांकन” अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधीलाई कानुन निर्माणमा नै केन्द्रित गर्न आग्रह पनि गर्नुभयो । उहाँले प्राथमिकता र आवश्यकताका आधारमा योजना छनौट गर्ने हो भने यस्तो समस्या हल भएर जान्छ भन्नुभयो ।
सम्माननीय अध्यक्ष तिमिल्सनाले जसले सरकारको नेतृत्व गर्छ र बजेट बनाउँछ उनीहरुका जिल्लामा मात्रै बजेट जाने प्रबृत्ति झनै बढेकोमा चिन्ता ब्यक्त गर्नुृभयो । उहाँले बिकास भनेको बजेट बनाउने र सरकारको नेतृत्व गर्ने ब्यक्तिका लागि भन्दा आवश्यकता बढी भएका ठाउँमा बिनियोजन गर्ने काम नहुँदा सम्म दिगो बिकासको लक्ष्य प्राप्ती हुँदैन भन्नुभयो । साँसद देखि वडा अध्यक्षलाई नै आँफुले योजना बितरणका लागि बजेट चाहिने कुराले देशलाई कहाँ पु¥याँछ भन्ने कुरामा गम्भीर भएर चिन्तन गर्न सबैलाई आग्रह गर्नुभयो ।
सम्माननीय अध्यक्षज्यूले दिगो बिकासका लक्ष्य पहिल्याउन तीन वटै तहका सरकार सक्रियताका साथ लाग्नु पर्ने कुरामा पनि जोड दिनुभयो । साना टुक्रे योजनालाइ प्रदेश र संघ सरकारले प्राथमिकता दिन नहुने र आबश्यक पर्ने त्यस्ता योजना स्थानीय तहलाइ दिनुपर्छ भन्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अब बिकासका योजना बनाउन अब गण्डकी प्रदेशमा योजना बैंक स्थापना गर्न लागेको जानकारी दिनुभयो । उहाँले सबै पालिकाका लागि आबश्यक योजना त्यही बैंक मार्फत अगाडि बढाउने योजना रहेको जानकारी दिनुभयो।
दिगो बिकास तथा सुशासन समितिका सभापति प्रकाश पन्त, समितिका सदस्यहरु कमला पन्त र बिमला घिमिरे, गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारी अधिकारी, गण्डकी प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, दिगो बिकास तथा सुशासन समितिका सचिब डा.रोजनाथ पाण्डे लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका सचिब तथा प्रतिनिधिहरूले आफ्नो मन्त्रालय अन्तर्गत दिगो बिकास लक्ष्य कार्यान्वयन सम्बन्धमा भएका कामहरूको विवरण प्रस्तुत गर्नु भएको थियो।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?