Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

बागमती प्रदेशसभा : प्रतिपक्षद्वारा बैठक अवरुद्ध


१७ असार ,काठमाडौँ । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेट असन्तुलित भएको भन्दै संशोधन गर्न माग गरे ।

उनले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध गरिरहने घोषणा गरे । प्रदेशसभा सदस्य गोरसाइँले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई विशेष प्राथमिकता नदिई सत्तारूढ दलका नेताहरुको आफ्नो जिल्लाका निर्वाचन क्षेत्रमा मात्रै प्रोत्साहित हुने गरी विनियोजित गरेको आरोप लगाए ।

कूल बजेटको २७ प्रतिशत धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लालाई छुटाइएकामा प्राकृतिक नियमअनुसार न्यायसङ्गत नभएको टिप्पणी उनको छ ।

सभामुख भुवनकुमार पाठकले छलफलमा सहभागी हुन अर्का प्रदेशसभाका सदस्यको नाम रोष्टममा बोलाउँदा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरेका थिए ।

नाराबाजी भएपछि सभामुख पाठकले बैठक १ घण्टाका लागि स्थगित गरेका थिए । उनले प्रदेशसभाको अर्को बैठक आजै अपराह्न ५ः३० बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भनिए पनि २ घण्टा ढिला गरी अपराह्न ४ बजेपछि मात्रै बसेको थियो । उक्त बैठक आधा घण्टामात्रै सञ्चालन भएको थियो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?