Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बागमती प्रदेशसभा : प्रतिपक्षद्वारा बैठक अवरुद्ध


१७ असार ,काठमाडौँ । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेट असन्तुलित भएको भन्दै संशोधन गर्न माग गरे ।

उनले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध गरिरहने घोषणा गरे । प्रदेशसभा सदस्य गोरसाइँले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई विशेष प्राथमिकता नदिई सत्तारूढ दलका नेताहरुको आफ्नो जिल्लाका निर्वाचन क्षेत्रमा मात्रै प्रोत्साहित हुने गरी विनियोजित गरेको आरोप लगाए ।

कूल बजेटको २७ प्रतिशत धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लालाई छुटाइएकामा प्राकृतिक नियमअनुसार न्यायसङ्गत नभएको टिप्पणी उनको छ ।

सभामुख भुवनकुमार पाठकले छलफलमा सहभागी हुन अर्का प्रदेशसभाका सदस्यको नाम रोष्टममा बोलाउँदा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरेका थिए ।

नाराबाजी भएपछि सभामुख पाठकले बैठक १ घण्टाका लागि स्थगित गरेका थिए । उनले प्रदेशसभाको अर्को बैठक आजै अपराह्न ५ः३० बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भनिए पनि २ घण्टा ढिला गरी अपराह्न ४ बजेपछि मात्रै बसेको थियो । उक्त बैठक आधा घण्टामात्रै सञ्चालन भएको थियो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?