Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

राजनिति


रवि लामिछानेले चितवनका लागि सार्वजनिक गरे विशेष कार्यक्रम

१७ श्रावण, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन

माओवादी केन्द्रीय समिति बैठक सुरु

१७ श्रावण, काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले महिलाहरूका लागि सुरू गर्यो नि : शुल्क ‘ब्लुबस’

१७ श्रावण, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । “मलाई थाहा छ

सङ्घीय संसद्को सार्वजनिक सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

१७ श्रावण, काठमाडाैँ । सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ । समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ । समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली

म माथि देशै भरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ : रवि लामिछाने

१७ श्रावण, चितवन । निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । सांसद्मा निर्वाचित भएको सयाैँ दिनको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन –२ का मतदाताहरूसँग भेटघाट गर्दै सांसद लामिछानेले आफूमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको पनि

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

१७ श्रावण, काठमाडाैँ । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ । डा सिके राउतले नेतृत्व गरेको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवलेजानकारी दिए । उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा

सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री साउद

१७ श्रावण, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बताए । मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त

रवि लामिछानेले गरे नेपाल फर्कन चाहनेहरुका लागि जागिरको अफर, फ्रि–टिकटको व्यवस्था पनि

१७ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशबाट नेपाल फर्कन चाहनेहरुको लागि रोजगारीको व्यवस्था गरेको बताएका छन् । उनले समाजिक सञ्जालमा लेख्दै तत्कालका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेको जानकारी दिएका छन् । उनले आफूले वाचा गरेअनुसार नै फ्री–टिकेटमा नेपाल फर्कन चाहनेका लागि आफूले जागिरको व्यवस्था गरेको

सोह्रौं आवधिक योजनाको अवधारणापत्र स्वीकृत

१७ श्रावण, काठमाडाैँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए। राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। आयोगले

माओवादीले केन्द्रीय समितिको आकार बढाउने, प्रत्यक्ष प्रसारण नगर्ने

१७ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो । यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ । विधान संशोधनपछि मात्रै केन्द्रीय समितिमा नयाँ सदस्यले

सम्वन्धित समाचारहरु