Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

सिँचाइको समस्या जतिसक्दो चाँडो समाधान गर्नेछु : मन्त्री भुसाल


१७ ,भाद्र ,काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइ समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन्।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले भने, “सबैभन्दा ठूलो समस्या भनेको आज पनि सिँचाइकै हो, अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा मात्रै पनि सिँचाइ हुन सकिरहेको छैन, ४८ प्रतिशत जमिन मात्रै सिँचाइ भएको छ, त्यो पनि बर्खापासमा मात्रै बाह्रैमास सिँचाइ भनेको १७/१८ प्रतिशतभन्दा छैन, जहाँ हामी खेती गर्छौं ।”

उनले सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान सकिनेमा जोड दिए ।

विशेषगरी युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्ने गरी नीतिहरू बनाउनुपर्ने उनको भनाइ थियो ।

यसै वर्ष चैते धान एक लाख हेक्टरमा लगाउने योजना सुनाउँदै कृषि क्षेत्रको उत्पादनका निम्ति कुनै न कुनै किसिमको उत्पादनशील अभियानमा जानुपर्ने उनले बताए ।

उनले भने, “कृषि क्षेत्र हाम्रो मुलुकको मेरुदण्ड हो भनेर हामीले भनिरहेका छौँ, निर्यातलाई वृद्धि गर्ने र आयातलाई प्रतिस्थापन गर्ने हो भने त्यो कृषिबाट नै सम्भव छ, कृषि उत्पादनमा वृद्धि गरेर मात्रै सम्भव छ, तर कृषि क्षेत्रमै धेरै समस्याहरू छन् ।”

कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले समग्र कृषि क्षेत्रको विकासका निम्ति नीति र सरकारी क्षेत्रबीच समन्वय र एकता हुनुपर्नेमा जोड दिए ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि क्षेत्रको विकासका निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ भने ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?