Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

सिँचाइको समस्या जतिसक्दो चाँडो समाधान गर्नेछु : मन्त्री भुसाल


१७ ,भाद्र ,काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइ समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन्।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले भने, “सबैभन्दा ठूलो समस्या भनेको आज पनि सिँचाइकै हो, अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा मात्रै पनि सिँचाइ हुन सकिरहेको छैन, ४८ प्रतिशत जमिन मात्रै सिँचाइ भएको छ, त्यो पनि बर्खापासमा मात्रै बाह्रैमास सिँचाइ भनेको १७/१८ प्रतिशतभन्दा छैन, जहाँ हामी खेती गर्छौं ।”

उनले सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान सकिनेमा जोड दिए ।

विशेषगरी युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्ने गरी नीतिहरू बनाउनुपर्ने उनको भनाइ थियो ।

यसै वर्ष चैते धान एक लाख हेक्टरमा लगाउने योजना सुनाउँदै कृषि क्षेत्रको उत्पादनका निम्ति कुनै न कुनै किसिमको उत्पादनशील अभियानमा जानुपर्ने उनले बताए ।

उनले भने, “कृषि क्षेत्र हाम्रो मुलुकको मेरुदण्ड हो भनेर हामीले भनिरहेका छौँ, निर्यातलाई वृद्धि गर्ने र आयातलाई प्रतिस्थापन गर्ने हो भने त्यो कृषिबाट नै सम्भव छ, कृषि उत्पादनमा वृद्धि गरेर मात्रै सम्भव छ, तर कृषि क्षेत्रमै धेरै समस्याहरू छन् ।”

कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले समग्र कृषि क्षेत्रको विकासका निम्ति नीति र सरकारी क्षेत्रबीच समन्वय र एकता हुनुपर्नेमा जोड दिए ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि क्षेत्रको विकासका निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ भने ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?