Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान


१८ ,भाद्र ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन् ।

भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए ।

उनका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहेका छन् । मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम छ ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?