काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ । साथै पछिल्लो राजावादीहरुको प्रदर्शनका बारेमा पनि छलफल हुने बताइएको छ ।
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाभकारी परियोजना भएको बताएका छन् । काष्ठमाण्डप डायलगको समापनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बिआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिन सकिने बताउदै बिआरआई विश्वका १५० वटा देशले स्वीकार गरी फाइदा लिइरहेको पनि बताएका
काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर निरर्थक हल्ला फैलाइएको बताएको छ । प्रचण्डको सचिवालयले आज धारणा सार्वजनिक गर्र्दै माओवादी अहिले सरकारमा नजाने बताएको हो । साथै, माओवादी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले यस्ता प्रकारको हल्ला फिँजाइएको प्रचण्डको सचिवालयले जनाएको छ
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व विशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतको आदेशबमोजिम त्यससम्बन्धि कानुन बनाउन बाँकी रहेको बताए । उनले अब पूर्वविशिष्टहरुको सन्दर्भमा कानुन बनाउँदा सुरक्षाबाहेक अन्य सुविधा केही पनि
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन् । शुक्रवार नेपाली काँग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले आफूहरु समेत सरकारमै भएपनि पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताएका
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताउंदै राजनीतिक
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोबास गर्ने समूदायहरुको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेलेको बताएकी छिन् । शुक्रवारदेखि काठमाडौंमा शुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताउंदै वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप
काठमाडौं । पछिल्लो समय सरकारले गरेका निर्णयहरूले नागरिक समाज र राजनीतिक वृत्तमा व्यापक असन्तोष पैदा गरेको छ । कुशासनको दुष्चक्रमा फसेको आरोप खेपिरहेको सरकारप्रति जनताको बढ्दो असन्तोषको बिचमा अब पूर्व विशिष्ट व्यक्तिहरूलाई आजीवन सुविधा दिने तयारी भइरहेको छ । यस कदमप्रति सत्तारुढ दलभित्रै तीव्र आलोचना उठेको छ। नेपाली कांग्रेसका वरिष्ठ
काठमाडौँ। समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । शुक्रवार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निस्कर्ष निकालिएको बताए ।