Trending
>>   रास्वपा सक्ने घरबेटी बा… >>   कुन उमेरकालाई ‘हर्टएट्याक’काे जाेखिम कति? >>   नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरहरु) >>   मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू >>   स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः थपलिया >>   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव >>   न्यूनतम् पारिश्रमिक वृद्धि गरिनुपर्नेमा पत्रकारहरुको जोड >>   योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति >>   प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान >>   अस्ट्रेलियाली बेरोजगारी दर ४.० प्रतिशतले बढ्यो
Logo
५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

राजनिति


विवेकशील साझाको अध्यक्षमा समीक्षा, महासचिवमा रन्जु

काठमाडौं: विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् । पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।

लुम्बिनीका मन्त्री केसीको राजीनामा

लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उहाँले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिनुभएको हो । गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गर्नुभएको उहाँको निजी सचिवालले जनाएको छ ।

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ ः मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौवटाभन्दा बढी

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो । “आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु”, उहाँले भन्नुभयो, “कसैलाई काखा र कसैलाई पाखा

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवं एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने

माओवादी पार्टीको भविष्य उज्जवल छ : प्रधानमन्त्री प्रचण्ड

२८ माघ, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल भएको बताउनुभएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्वोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

राष्ट्रपति निर्वाचनपछि याे सरकार कायम रहनेमा आशंका छ:  नेता सिंह

काठमाडौ : कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि याे सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन्। शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन्। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आसय थियो। उनले भने,‘ दलहरुले धरातलीय अर्थाथलाई चाँडो विर्सिए।

सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पूर्णपाठ)

काठमाडौ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्रीको मन्तव्य : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बतीसौं स्थापना दिवस मनाउँदै छ। स्थापना कालदेखि हालसम्म भ्रष्टाचार नियन्त्रणमा आयोगको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दछु।भ्रष्टाचारविरुद्ध सचेतना अभिवृद्धि गरी सुशासन प्रवर्द्धनका निमित्त जागरण ल्याउन आजको दिन महत्वपूर्ण हुने विश्वास मैले लिएको

स्ववियु निर्वाचन सुरक्षा समन्वयन समिति संयोजकमा बज्राचार्य

काठमाडौ : नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन "स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा निकाय समन्वयन समिति" संयोजकको जिम्मेवारी नेविसंघ नेता उज्ज्वल बज्राचार्यले पाएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेता बज्राचार्यलाई सो जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा दुई देशबीच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा

सम्वन्धित समाचारहरु