Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु


१८ श्रावण, काठमाडाैँ । डा सिके रावतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ ।

भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाअध्यक्ष,नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताए ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?