बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो । बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताउनुभएको हो । उहाँले सन्देशमा
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा आउन लाग्नुभएको हो । प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा
मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन आउनुभएको हो । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आउनुभएको हो । हीरक महोत्सवमा सहभागी भई उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कम्बोडियाको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहाल समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’
सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको छ । हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरुपमा जाहेर भएको