Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री प्रचण्ड


३१ श्रावण, काठमाडाैँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ‘ब्रिफिङ’ गरेका थिउ ।

कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरका सरकारी कार्यालयको लेखापरीक्षण गर्ने जानकारी गराएको छ । लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर र अधिकृतस्तरका लेखापरीक्षक खटिने कार्यालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीररूपमा लागेको बताउँदै राज्यका सबै अङ्गले जनताको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महत्त्वपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेकोसमेत बताए ।

उनले भने, “हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ । सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्त्वपूर्ण शर्त हो । तर, आम जनतामा राज्य र राज्यका विभिन्न अङ्गप्रतिको विश्वास कमजोर भएको बेला छ । इमान्दारिता र पारदर्शिताको तह घटेर तल गएको छ । यो स्थितिलाई बदल्नैपर्छ । विश्वसनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीररूपमा सोच्नुपर्दछ ।”

राज्यका अङ्ग जिम्मेवार नभई सुशासन, पारदर्शिता र जवाफदेहितामा अपेक्षित प्रगति हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो वर्ष विगतभन्दा प्रभावकारी लेखापरीक्षणको योजना बनाउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?