Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

दुर्घटनाका घाइतेको उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन


३१ ,श्रावण ,चितवन। पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् ।

उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गर्नुरेका हुन् ।

घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न निर्देशन दिएका छन् ।

उपचारका क्रममा काठमाडौँ पठाउनुपर्ने अवस्था आए मन्त्रालयसँग समन्वय गर्नसमेत उनले निर्देशन दिए ।

उनले भने, “मैले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अस्पताल प्रशासनलाई उपचारमा कमी नगर्न र यहाँ सम्भव नहुने भए थप उपचारका लागि काठमाडौँ पठाउन निर्देशन दिएको छु ।”

यहाँ सम्भव नभएका बिरामीको उपचारका क्रममा आफूले सक्दो सहयोग गर्ने मन्त्री जोशीले बताए ।

रत्ननगरबाट भरतपुरतर्फ आउँदै गरेको ना२च ८४४६ नम्बरको शव बोकेको बोलेरोलाई भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको गैँडाकोटस्थित अक्सफोड कलेजको ना१क ६१३१ नम्बरको बसले ठक्कर दिएको थियो ।

सोही क्रममा चारवटा मोटरसाइकल र दुईवटा स्कुटर एकापसमा ठक्कर खाएका थिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । शव बोकेको बोलेरो, गैँडाकोटस्थित अक्सफोड कलेजको बस, स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?