Trending
>>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा
Logo
१० मंसिर २०८३, बिहीबार
१० मंसिर २०८३, बिहीबार

यो वर्षको प्रगति ९० प्रतिशत पुर्‍याइनेछ : मन्त्री ज्वाला


३२ ,श्रावण ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिने बताएका छन् ।

मन्त्रालय र पूर्वाधार पत्रकार समाजले हिजो आयोजना कार्यक्रममा उनले गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाइने बताए ।

कोभिडको असर बाँकी रहनु, निर्वाचनको वर्ष हुँदाहुँदै पनि हासिल भएका उपलब्धि नराम्रो नभए पनि अझै सुधार गर्नुपर्ने ठाउँ रहेको उनको भनाइ थियो ।

भौगोलिक अवस्थाका कारण बाढीपहिराले ठाउँठाउँमा सडक अवरुद्ध भए पनि सकेसम्म चाँडो खुलाएको उनले बताए ।

बाढीपहिरोको जोखिम रहेका स्थानमा उपकरण तयारी अवस्थामा राखी सडक अवरुद्ध हुनासाथ खुलाएको मन्त्री ज्वालाको भनाइ थियो ।

उनले भने, “हेवा खोलामा आएको बाढीले अवरुद्ध सडक तदारुकताका साथ खुलाइयो भने नारायणगढ–बुटवाल सडक खुलाउँदै आइएको छ ।”

मन्त्री ज्वालाले आगामी दशैँसम्ममा काठमाडौँ उपत्यकाका सडक खाल्डाखुल्डीरहित बनाइने बताए ।

अहिले वर्षाका कारण ठाउँठाउँमा खाल्डाखुल्डी देखिएको भए पनि वर्षा कम हुनासाथ हटाइने उनको भनाइ छ ।

मन्त्री ज्वालाले निर्माण व्यवसायीको मागप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनीहरुको माग पूरा गर्नका लागि छलफल भइरहेको जानकारी दिए ।

उनले भने, “भुक्तानीको समस्या समाधान भएपछि अरु समस्या पनि कसरी समाधान गरिने भन्ने विषयमा छलफल हुनेछ ।”

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले भुक्तानीको समस्या र कोभिडको असर हुँदाहुँदै पनि देशभरका आयोजनाको औसत प्रगति राम्रो भएको दाबी गरे ।

काठमाडौँ उपत्यकामा कतै खानेपानीको पाइप त कतै नेपाल विद्युत् प्राधिकरणको ‘अण्डर ग्राउण्ड’ तारका कारण सडकमा समस्या आएको उनको भनाइ थियो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले देशभरमा ठूलो सङ्ख्यामा पुल निर्माण भइरहेको बताए ।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले देशभरका सडकको वर्गीकरण सुुरु गरिएको भए पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सहभागी नहुँदा गति नलिएको बताए ।

पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले मन्त्रालय र सडक विभागले कुनै घटना वा आयोजनाको समयमै र सही व्यक्तिले सूचना नदिँदा मिडियायामा गलत सूचना जान गरेको उल्लेख गरे ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?