Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको हो : अध्यक्ष ओली


३२ ,श्रावण ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताएका छन् ।

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले हिजो यहाँ आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए ।

भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रुपमा अगाडि बढाइरहेको अध्यक्ष ओलीको भनाइ छ ।

उनले दुई देशबीचको सम्बन्ध अत्यन्त पुराना, प्रकृतिले दिएका र इतिहासले बनाएका मित्रको सम्बन्ध रहेको बताए ।

“नेपाल र भारतबीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायीरूपमा सधैँका लागि कसैले पनि बिगार्न सक्दैन”, उनले भने, “यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो कसैले निर्माण गरेकोभन्दा, कुनै राज्यले निर्माण गरेकोभन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो ।”

उहाँले पारस्परिक सहयोग र पारस्परिक लाभका आधारमा एकअर्कालाई सहयोग गरिरहेकोसमेत बताए । अध्यक्ष ओलीले नेपाल र भारतबीच देखिएका कतिपय विषयलाई आपसी छलफल गरेर समाधान गर्नुपर्ने धारणा राखे ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?