४ चैत्र ,काठमाडौँ । सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । यस्तै बैठकमा सोमबार प्रधानमन्त्री प्रचण्डले लिन लाग्नुभएको विश्वासको
४ चैत्र ,मलेखु । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री जम्कट्टेलले भने, “समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरूको भूमिका बलियो
४ चैत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो । बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । बैठकले कृषि मलमा कटौति गरेको अनुदानका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत
४ चैत्र, एजेन्सी । यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध
४ चैत, काठमाडाैँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल बसन्तपुर पुगेका छन् । उनी शनिबार जीवित देवी कुमारीको दर्शन गर्न त्यहाँ पुगेका हुन् । उनी बसन्तपुर जाँदा पछिल्ला राष्ट्रपतिको भन्दा फरक दृश्य देखिएको थियो । उनी कुनै सुरक्षा तामझामबिनै वसन्तपुर पुगेका थिए । यसभन्दा पहिले सडक पूर्ण रूपमा खाली गराएर मात्रै राष्ट्रपति
४ चैत्र, काठमाडाैँ । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । पटक पटक घोषणा भए पनि यसअघि
४ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए । बैठक बिहान १०ः३० बजे नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए । उक्त
४ चैत्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा
४ चैत्र, धनुषा । धनुषाको एक स्थानीय तहमा शुक्रबार वडावासीलाई सिरक बाँडिएको छ । जिल्लाको नगराइन नगरपालिका अन्तर्गत वडा नं.७ का ज्येष्ठ नागरिकलाई वडाध्यक्ष सूर्यनारायण साहले फाइबरको सिरक वितरण गरेका हुन् । जाडो माैसममा लुकाएर राखेर गर्मी महिना सुरू भएपछि सिरक बाँडिएको भन्दै वडाध्यक्ष र स्थानीय तहको बारेमा नै सामाजिक सञ्जालमा
४ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन शनिबार आयोजित चियापान कार्यक्रममा उनले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी