Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

एमालेले उत्सवको रूपमा मनायो संविधान दिवस (तस्विर सहित)


३ असोज, काठमाडौं । आठौं राष्ट्रिय संविधान दिवसलाई नेकपा एमालेले उत्सवको रूपमा मनाएको छ । दिवसका अवसरमा काठमाडौको नारायणचौरमा सेल्फी विथ नेशनल फ्ल्याग कार्यक्रमसहित एमालेले उत्सव मनाएको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी तथा केन्द्रीय स्तरका नेता,सासद तथा ठूलो सङ्ख्यामा एमाले कार्यकर्ता सहभागी थिए ।

दशकौं लामो संघर्ष, बलिदान र धेरै ठूलो अवरोध छिचोलेर संविधानसभा मार्फत संविधान जारी भएको भन्दै एमाले अध्यक्ष ओलीले उत्सव मनाउन आह्वान गरेका छन । संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको र जनताका ३१ वटा मौलिक हक ग्यारेन्टी गरेको भन्दै ओलीले भनेका छन- संविधानले हामीलाई अधिकार दिएको छ, कर्तव्य, विवेक र इमान्दारिता भने हामी आफैसँग हुनु पर्छ।

 


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?