Trending
>>   वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा लिन्छौँः अर्थमन्त्री पौडेल >>   राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल >>   विराटनगर किङ्समाथि जनकपुरको सहज जित >>   सत्ता परिवर्तनका लागि काँग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छः अध्यक्ष दाहाल >>   रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण >>   गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार >>   सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल >>   युद्धविरामपछि विस्थापित लेबनानीहरू घर फर्किए >>   स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा >>   आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड (तस्बिरहरु)
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

राजनिति


नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

२५ फागुन, काठमाडाैँ। नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको

को हुन् नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ?

२५ फागुन, काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनकी श्रीमती सविता पौडेल र चार छोरी

चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिन्ह प्रदान

२५ फागुन, काठमाडाैँ। आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा ९१० बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

२५ फागुन, काठमाडाैँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन् –'राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।' आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल

रामचन्द्र पाैडेल राष्ट्रपतिमा निर्वाचित, सुवास नेम्वाङ पराजित

२५ फागुन, काठमाडाैँ । नेपालको राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पाैडेल निर्वाचित भएका छन् । बिहीबार भएको मतदानबाट पाैडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गरेका छन् । पाैडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन् । त्यस्तै, पाैडेलका प्रतिस्पर्धी नेम्वाङले ९६ संघीय

राष्ट्रपति निर्वाचनः बानेश्वरमा सुरू भयो मतगणना

२५ फागुन, काठमाडाैँ। नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणा सुरू भएको छ । केहीबेरअघि मतदान प्रक्रिया सकिएसँगै मतगणना सुरू गरिएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना भइरहेको छ । प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ । निर्वाचनको अन्तिम परिणाम आजै सार्वजनिक गरिनेछ ।

सकियो राष्ट्रपतिको मतदान

२५ फागुन, काठमाडाैँ । राष्ट्रपति पदका लागि भएको मतदान सकिएको छ । बिहीबार बिहान १० बजेबाट भएको मतदान पक्रिया दिउँसो ३ बजे सम्पन्न भएको हो । कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ । केही समयपछि मतगणना सुरू हुने निर्वाचन

राष्ट्रपति निर्वाचन: ८२४ जनाले गरे मतदान

काठमाडौ : राष्ट्रपति निर्वाचनका लागि जारी मतदानमा ८२४ जनाले मतदान गरेका छन्। कुल ८८४ मतदातामध्ये दिउँसो २ बजेसम्म ८२४ जनाले मतदान गरेका हुन्। निर्वाचन आयोगका अनुसारसंघीय संसदतर्फ ३०९ जनाले र प्रदेशसभातर्फ ५१५ जनाले मतदान गरेका छन्। निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा

राष्ट्रपति निर्वाचनमा १ बजेसम्म छ सय ९४ मतदान

२५ फागुन, काठमाडाैँ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु

राष्ट्रपति निर्वाचनमा १ बजेसम्म छ सय ९४ मतदान

राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

सम्वन्धित समाचारहरु