Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने


२५ भदौ, काठमाडौँ । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका महासचिव पोखरेलको आज सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

सो अवसरमा महासचिव पोखरेलले आफूहरु एक चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताए ।

महासचिव पोखरेलले एमाले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताए । उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राखे ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र समुधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताए ।

उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएका सहमति कार्यन्वयनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए । विदेश विभाग प्रमुख लिउ जियनचाओले चीन सधैँ शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको स्पष्ट पारे ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?