Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राजनिति


लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

१० जेठ, लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गरेका छन् । प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मङ्गलबार सिफारिस भई आएकाले सभाको दोस्रो अधिवेशन आह्वान भएको जनाइएको छ । नेपालको

रवि लामिछानेविरूद्ध युवराज सफलले सर्वोच्चमा दर्ता गराए रिट

१० जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध सर्वोच्च अदालमा रिट दर्ता भएको छ । उनको सांसद पद खारेजीको मागसहित युवराज पाैडेल (सफल)ले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । बुधबार लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको हो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० खर्ब चाहिन्छ : सांसद आले

१० जेठ, काठमाडाैँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वनयका लागि करिब रू ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने धारणा सांसद प्रेमबहादुर आलेले राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद आलेले मुलुक गम्भीर आर्थिक सङ्कटमा

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : ज्ञानेन्द्र शाही

१० जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले राप्रपाले रचनात्मक ढङ्गले संसद् र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका हुन्

भुटानी शरणार्थी प्रकरणमा नाम आएका घरको होस् कि बार्दलीको होस् सबैमाथि छानबिन हुनुपर्छ: गगन थापा

१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि

मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री प्रचण्ड

१० जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर नै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको प्रतिमण्डलसँगको भेटमा उनले ती प्रदेशको समग्र विकासमा आगामी आवको

‘नक्कली भुटानी शरणार्थी’ प्रकरण :  ‘संसदीय समिति’ गठन गर्न  माग

१० जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणबारे छानबिन गर्न ‘संसदीय विशेष छानबिन समिति’ गठन गर्न माग गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको सुरुमै समय माग गरी उहाँले अहिले भइरहेको छानबिनले  जनताले चाहे जस्तो नतिजा दिन सक्दैन भने ।  “नक्कली

नवनियुक्त मन्त्रीले लिए सपथ, सरकारले पायो पूर्णता

१० जेठ, काठमाडाैँ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ

सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

१० जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् । नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए । “सानो

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

१० जेष्ठ ,विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर

सम्वन्धित समाचारहरु