Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

भारतीय गुप्तचरलाई सार्वजनिक रुपमै भेटेको हुँ : अध्यक्ष ओली


२२ असार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गुप्तचरसँगको भेट आफूले नलुकाएको उनले प्रष्ट पारे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर भेट गरेको पनि उनले दाबी गरे । तर सो भेटबारे मिडियामा चर्चा नभएको उनको भनाइ छ ।

‘जे कुरामा पनि एमालेलाई दोषी देखाउने काम भइरहेको छ’ अध्यक्ष ओलीले भने, “भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने । मैले सार्वजनिक रुपमा भेटेर कुरा गरेँ ।’ भेटमा जनताको हितको पक्षमा कुरा गरेको उनले दाबी गरे ।

अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनीराज नरहेको जिकिर गरे । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि मजाक गरेको उनको भनाइ छ ।

छिमेकी देशलाई विवादमा तान्ने प्रयास गर्न नहुने उनको भनाइ छ । नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न कसैलाई छुट नभएको उनले चर्चा गरे । प्रितम सिंहले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि पत्रकार सम्मेलन गरेर प्रष्ट पार्नुपरेको उनले बताए । सिंहले आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको भनाइ राखेले उनलाई पनि विवादमा तान्ने काम भएको उनले चर्चा गरे ।

“मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन, त्यो भन्न नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ” अध्यक्ष ओलीले थपे, “भारतले भनेको छैन तर नेपालको प्रधानमन्त्रीले भनिरहनुभएको छ, नेपालमा सरकार संसद्ले बनाउँछ, कोही आएर बनाउने होइन ।”

अध्यक्ष ओलीले प्रदेशमा सरकार गठनको नाममा संविधान मिच्ने काम भइरहेको बताए । सभामुखले नै हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?