Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

भारतीय गुप्तचरलाई सार्वजनिक रुपमै भेटेको हुँ : अध्यक्ष ओली


२२ असार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गुप्तचरसँगको भेट आफूले नलुकाएको उनले प्रष्ट पारे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर भेट गरेको पनि उनले दाबी गरे । तर सो भेटबारे मिडियामा चर्चा नभएको उनको भनाइ छ ।

‘जे कुरामा पनि एमालेलाई दोषी देखाउने काम भइरहेको छ’ अध्यक्ष ओलीले भने, “भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने । मैले सार्वजनिक रुपमा भेटेर कुरा गरेँ ।’ भेटमा जनताको हितको पक्षमा कुरा गरेको उनले दाबी गरे ।

अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनीराज नरहेको जिकिर गरे । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि मजाक गरेको उनको भनाइ छ ।

छिमेकी देशलाई विवादमा तान्ने प्रयास गर्न नहुने उनको भनाइ छ । नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न कसैलाई छुट नभएको उनले चर्चा गरे । प्रितम सिंहले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि पत्रकार सम्मेलन गरेर प्रष्ट पार्नुपरेको उनले बताए । सिंहले आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको भनाइ राखेले उनलाई पनि विवादमा तान्ने काम भएको उनले चर्चा गरे ।

“मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन, त्यो भन्न नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ” अध्यक्ष ओलीले थपे, “भारतले भनेको छैन तर नेपालको प्रधानमन्त्रीले भनिरहनुभएको छ, नेपालमा सरकार संसद्ले बनाउँछ, कोही आएर बनाउने होइन ।”

अध्यक्ष ओलीले प्रदेशमा सरकार गठनको नाममा संविधान मिच्ने काम भइरहेको बताए । सभामुखले नै हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?