Trending
>>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

राजनिति


महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । उनले म्याग्दीबाटै राजीनामा पत्र बुझाएका थिए । उक्त राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छ । अब उनी कुनै दलको बन्धनबिनै स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।  

महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान पार्टीका नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका बस्नेतको प्रस्तावक एमाले भक्तपुर अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् । भक्तपुर–२ मा रास्वपाका राजीव खत्री र नेपाली कांग्रेसका

रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने

काठमाडौँ । अन्तरिम सरकारका तीन जना मन्त्रीले पदबाट राजनीमा दिनुभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएकाले उहाँहरुले सम्हाली

झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन बालेन्द्र (बालेन) शाह आज दमक उत्रिएका छन् । हजारौं समर्थकको जोशिलो उपस्थितिसहित उनी दमक नगरपालिका वडा नम्बर ८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका हुन् । नारा, ताली र उत्साहले दमकको वातावरण तातेको छ । ‘परिवर्तन’ र

सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता

काठमाडौँ। सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिएको छ। सरकारले सम्बन्धित सरकारी वकिलमार्फत मुद्दा फिर्ता प्रक्रिया अघि बढाइने जनाइएको छ। यद्यपि, लामिछानेमाथि लाग्दै आएको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ। यसअघि लामिछानेको तर्फबाट संगठित अपराध र सम्पत्ति

विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनले प्रदीप पौडेल र गुरुराज घिमिरेलाई पार्टी महामन्त्री पदमा चयन गरेको छ। आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनले बुधबार दुवै नेतालाई सर्वसम्मत रूपमा महामन्त्रीको जिम्मेवारी सुम्पिएको हो। महामन्त्री पदका लागि आज बिहान उम्मेदवारी दर्ता खुला हुँदा पौडेल र घिमिरे बाहेक अन्य कुनै उम्मेदवार नपरेपछि उनीहरू निर्विरोध

कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। लामो समयदेखि पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठिरहेको सन्दर्भमा थापाको निर्विरोध निर्वाचनलाई कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व उदयको रूपमा हेरिएको छ। महाधिवेशनले पार्टीको शीर्ष नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो। सभापतिसँगै उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वसम्मत

पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । पार्टीले सामूहिकतामा विश्वास गर्ने भएकाले पनि व्यक्तिको प्रचारमा जोड दिन नहुने

निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताउनुभएको छ । ठूल्ठूला सभा गर्ने पूराना प्रचलन भईसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताउनुभएको हो । सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी

हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रको नयाँ उम्मेद्वार तोकेर जाने मात्रै आफूहरुको माग रहेको बताउनुभएको छ । बुधवार नेपाली काँग्रेसको विशेष महाधिवेशमा सम्वोधन गर्दै उहाँले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताउनु भयो । उहाँले विशेष महाधिवेशनपछि काँग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरुको मागलाई वेवस्ता

सम्वन्धित समाचारहरु