काठमाडौँ। सरकारले जेनजी आन्दोलनको क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ । गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सो निर्णय गरेका हुन् । उनले उनीहरुको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय गरिएको जानकारी दिएका छन् । मन्त्रीपरिषद्
काठमाडौँ। विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहिरहनुभएका कुलमान घिसिङ उर्जामन्त्रीको जिम्मेवारीमा आएका छन् । करिव आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्नुभएका बेला नेपाल ’लोडशेडिङमुक्त’ घोषणा गरिएको थियो । विसं २०७३ सालकै तिहारबाट शहरहरूमा ‘लोडशेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिव डेढ दशकदेखि विद्युत आपूर्तिमा
काठमाडौँ। महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनियताको शपथ लिएकी छिन् । प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमवार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो । प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आईतवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गरेकी थिइन्
काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका छन् ।
काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका छन् । पूर्वसचिव खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेतृ सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। आइतबार ह्वाट्सएप ग्रुपमार्फत उनले मिडिया ट्रायल, गुनासा नसुन्ने र काम गर्ने अवस्था नभएको असन्तुष्टि व्यक्त गर्दै पार्टी छोडेको घोषणा गरेकी छन्।। यसैबीच पार्टी प्रवक्ता मनिष झाले औपचारिक पत्र भने नआएको जानकारी दिएका छन्। रास्वपामा भित्रिएका असन्तुष्टि
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छिन् । जेन—जी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य,
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छिन् । आज पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् ।
काठमाडौँ। जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । २३ र २४ भदौमा
काठमाडौँ। नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन्। सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उनि शनिवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छिन् । जेन–जी पुस्ताको आन्दोलन