Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राजनिति


संविधान, व्यवस्था र प्रणाली माथि नै खतरा उत्पन्न हुनेगरी षड्यन्त्र हुँदैछः एमाले

काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले यतिबेला राष्ट्रका विरुद्ध संविधान, व्यवस्था र प्रणाली माथि नै खतरा उत्पन्न हुनेगरी भयानक षड्यन्त्र हुन खोजिरहेको बताएका छन् । उनले यसतर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोच्न आग्रह गरेका छन् । लोकतान्त्रिक लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृत्तिहरूका

निजी क्षेत्रको एउटै स्वरः ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ शिराबाट अघि बढौँ’

काठमाडौँ। जेन जी आन्दोलका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल (हान), इप्पान लगायतका संस्थाहरुले अब नयाँ शिराबाट अघि

प्रमुख दलहरूको आह्वान– ‘संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोजौं’

काठमाडौँ। नेपालका प्रमुख राजनितिक दलहरुले देश संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् । प्रमुख दलका नेताहरूले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनापछि देश राजनीतिक अनिश्चितता र संवैधानिक शुन्यताको जोखिमतर्फ धकेलिँदै उल्लेख गरेका छन् । उनीहरुले आ–आफ्ना धारणा सार्वजनिक गर्दै वर्तमान संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत सहमति र संवादबाट

संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छः राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास भईरहेको बताएका छन् । विहीवार एक विज्ञप्ति जारी गर्दै उनले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्श गरिरहेको उल्लेख गरेका छन् । आन्दोलनकारी नागरिकहरुको माग

जेन–जी पुस्तालाई धन्यवाद, अब जनताको पीडामा मलम लगाउने

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले जेन–जी पुस्ताप्रति आभार व्यक्त गर्दै आगामी सरकारले जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्। उनका अनुसार आन्दोलनको मुख्य ध्येय घरजग्गा गुमाएका नागरिकलाई पुनः फिर्ता दिलाउनु, २० लाखमुनि ऋण लिएका गरिबको ऋण मिनाहा गर्नु, सहकारी पीडितको रकम सरकारले जिम्मा लिनु र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश

जेलबाट निस्किए रवि लामिछाने

काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्। सुरक्षा अभाव देखिएपछि उनलाई पत्नी निकिता पौडेलको जिम्मामा छोडिएको रास्वपाको स्रोतले जनाएको छ।

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै न

प्रधानमन्त्री ओलीद्धारा दुख व्यक्त , सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाईयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको भन्दै दुख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सोमबार सांझ बालुवाटारमा मन्त्रीपरिषद् बैठक सकिएपछि आफ्नो भनाई विज्ञप्ती मार्फत सार्वजनिक गर्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्न सरकारले गरेको प्रयासका सम्बन्धमा

रास्वपाको माग : प्रधानमन्त्रीको राजीनामा, उच्चस्तरीय छानबिन आयोग र छिटो निर्वाचन

काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ । सोमबार पार्टीले जारी गरेको विज्ञप्तिमा सरकारले निर्दोष विद्यार्थीमाथि गोली प्रहार गरी हत्या गरेको भन्दै घोर आपत्ति प्रकट गरिएको छ । रास्वपाले घटनाबारे सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबारको जेनजी प्रदर्शन हिंसात्मक बनेर १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

सम्वन्धित समाचारहरु