Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै


घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै

काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आईतवार (आज)देखि सकिँदैछ ।

निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकाहरुमार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो । कुराकानिमा निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदाता शिक्षा प्रभावकारी रहेको बताउनु भयो । आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामा नै मतदाता शिक्षा दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘मतदाता शिक्षा र सूचना संप्रेषणलाई चुस्त दुरुस्त बनाउन हामीले सूचना संप्रेषण समन्वय केन्द्र स्थापना गरेका छौँ । सूचना सदाचार केन्द्र, प्रेस अफिस र मतदाता शिक्षा जस्ता निकायले मतदाता शिक्षाका लागि आवश्यक सामग्री निर्माण तथा सूचना संप्रेषण गर्ने गर्दछ । यही फागुन ३ गतेदेखि १७ गते सम्म स्वयंसेविका महिलाले घरदैलोमा गएर मतदाता शिक्षा दिइरहनुभएको छ । उहाँहरुले विभिन्न स्थानीय मातृभाषामा पनि मतदाता शिक्षा दिनुभएको छ । घरघरमा मतदाता शिक्षा पुगेको छ । यसकारण पनि अहिले मतदाता शिक्षा प्रभावकारी भएकोमा आयोग विश्वस्त छ ।’

आयोगले मतदाता शिक्षाको प्रभावकारीता अनुगमनका लागि ७ सय ५३ वटै स्थानीय तहमा अनुगमनकर्ताहरू खटाएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?