Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

राजनिति


प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

६ भदाै, काठमाडाैँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार

एकीकृत समाजवादीको बैठक सुरु

६ भदाै, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा

प्रदेश सभा सदस्यहरूलाई सुविधा बढाउन नियमावली नै संशोधन गर्ने तयारी

६ भदाै, धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधनलगायत सुविधा बढाउन नियमावली नै संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न लागिएको हो। नियमावली संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सोमबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ। मस्यौदा समितिको सदस्यमा प्रदेश

पर्यटनमन्त्री किरातीका बुवाको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले गरे श्रद्धाञ्जली अर्पण

६ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । यसैगरी, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि स्वर्गीय राईको पार्थिव शरीरमा श्रञ्द्धाजली अर्पण गरेका छन् । मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको ७६

पर्यटनमन्त्री किरातीलाई पितृशोक

६ ,भाद्र ,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए । उनले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन आवश्यक : मन्त्री बस्नेत

६ ,भाद्र ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहकार्यमा हिजो यहाँ आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा उहाँले अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई

उर्जामा आत्मनिर्भर बन्दै विद्युत व्यापारको थालनी गरेका छौ : प्रधानमन्त्री प्रचण्ड

५ भदाै, काठमाडाैँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जामा आत्मनिर्भर बन्दै विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्यको थालनी गरेको बताउनुभएको छ ।भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उहाँले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि

कांग्रेस निर्वाचन समिति संयोजकमा पूर्वमहान्यायाधिवक्ता खाती

५ भदाै, काठमाडाैँ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्यको रूपमा काम गरिसकेका खाती निवर्तमान महान्यायाधिवक्तासमेत हुन्। उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नियुक्ति दिएका हुन्।

कांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

५ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । बैठकले साउन २० देखि ३० गतेसम्म राष्ट्रव्यापीरूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यलाई

एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूतको भेट

५ ,भाद्र ,भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ । ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ । एमालेका विदेश विभाग प्रमुख

सम्वन्धित समाचारहरु