Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

एकीकृत समाजवादीको बैठक सुरु


६ भदाै, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भू–राजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायतबारे चर्चा गरे ।

उक्त प्रतिवेदनमा पार्टीको सैद्धान्तिक, वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै अध्यक्ष नेपालले विभिन्न कारणले आफ्नो पार्टी एमालेभन्दा फरक रहेको उल्लेख गरे । मुलुकमा पुँजीवादी क्रान्तिको अन्त्य गर्न जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नसक्ने प्रतिवेदनमा उल्लेख छ । यही भदौ ७ गतेसम्म चल्ने सो बैठकले महाधिवेशनको मिति र स्थान तय गर्ने बताइएको छ ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?