Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन आवश्यक : मन्त्री बस्नेत


६ ,भाद्र ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहकार्यमा हिजो यहाँ आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा उहाँले अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

नेपालजस्तो भौगोलिक विकटता भएको देशका लागि टेलिमेडिसिन सेवा वरदान नै सावित भएको भन्दै उनले त्यस क्षेत्रमा अहिले देखिएका कमी कमजोरी हटाएर थप आधुनिक प्रविधिको प्रयोग गरेर टेलिमेडिसिन सेवालाई द्रुत गतिमा अगाडि बढाउनु आवश्यक रहेको बताए ।

“सूचना प्रविधिको विकास नभएसम्म कुनै पनि देशले विकासमा फड्को मार्न सक्दैन । स्वास्थ्य सेवामा पनि टेलिमेडिसिनको विकास नहुञ्जेलसम्म दूरदराजका जनताले सहज उपचार पाउन निकै गाह्रो छ । त्यसैले हामीले टेलिमेडिसिनमा जोड दिनै पर्छ”, उनले भने ।

उनले दक्ष जनशक्तिको अभाव भएका ठाउँमा टेलिमेडिसिनको माध्यमबाट सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले स्वास्थ्यका सबै कर्मचारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ काम गर्ने हो भने थोरै समयमा धेरै काम गर्न सकिने बताए ।

कार्यशालामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले टेलिमेडिसिनका क्षेत्रका केन्द्र र प्रदेशमा केही न केही काम भइरहेको जानकारी गराउँदै अब यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले विज्ञहरुको सुझावका आधारमा टेलिमेडिसिन सेवालाई प्रभावकारी ढङ्गले अगाडि बढाइने बताए ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा अनुप बाँस्तोलाले टेलिमेडिसिन क्षेत्रमा अहिले भइरहेका अभ्यास र सुधार गर्नुपर्ने पक्षका विषयमा स्वास्थ्य क्षेत्रका सरोकारवाला अधिकारीसँग छलफल गरेर अगाडि बढ्न दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश संभावजी राव पाण्डवले टेलिमेडिसिन सेवा प्रभावकारी ढङ्गले सञ्चालन हुन सकेमा नेपालको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?