Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

पर्यटनमन्त्री किरातीका बुवाको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले गरे श्रद्धाञ्जली अर्पण


६ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसैगरी, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि स्वर्गीय राईको पार्थिव शरीरमा श्रञ्द्धाजली अर्पण गरेका छन् ।

मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भई उपचाररत रहेका थिए ।

मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?