२२ वैशाख, नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “आर्थिकरूपमा देशमा अहिले जे जस्तो परिस्थिति
२२ वैशाख, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । उनले समस्या तत्काल समाधान
२२ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख
२२ वैशाख, पोखरा । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए । सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताए
२२ वैशाख, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् । उनले भने “ लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ । ” २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल
२२ वैशाख, एजेन्सी । हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् । "हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ ," पेस्कोभले क्रेमलिनमा बुधबार यस बारे उल्लेख गरेका छन् । प्रवक्ता
२२ वैशाख, क्यानडा । क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण (दर्शनाचार्य) अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा (एनस्याक) स्थापना भएको हो । सङ्घले आफ्ना सदस्यलाई नेटवर्किङ अवसर, सामाजिक कार्यक्रम, शैक्षिक सहयोग, वृत्ति विकास र हितको वकालतसहित विभिन्न सेवा
२२ वैशाख, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रिय सूचना आयोगको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सूचना हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पुर्याउनु आवश्यक रहेको बताइन् । सूचनाको हकको मुख्य उद्देश्य
२२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । यसैगरी
२२ वैशाख ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय एकता सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश अहिले पनि उत्तिकै मार्गदर्शक भएको बताएका छन् । दुई हजार पाँच सय ६७औँ बुद्धजयन्ती र उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले “विभिन्न जाजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच