काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। त्यसका लागि दुवै दलले सांसदहरूको हस्ताक्षर संकलन सुरू गरेका छन्। सोमबार साँझ बालुवाटारमा बसेको बैठकपछि मंगलबार नै प्रक्रिया अघि बढाउने निर्णय भएको हो। उक्त छलफलमा महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी थिए।
काठमाडौँ । आन्तरिक विवाद समाधानसहित आगामी रणनीति तय गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ। पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा प्रदेश, जिल्ला र कमिटी अधिवेशन, आन्तरिक विवाद समाधान, संगठनात्मक कार्यक्रम, समाजवादी
काठमाडौं। संघीय संसद अन्तर्गतका कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिको बैठक मङ्गलबार सिंहदरबारमा बस्ने भएका छन्। कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ। यस बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी दफावार छलफल हुने कार्यसूची छ। अर्थ समितिको बैठक
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको र जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम
काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि विधेयकमा दफावार छलफल गर्दै लगानी रकम रोक्का सम्बन्धि व्यवस्थालाई पास गरेको छ । आयोजनाले लगानीको सर्त पालना नगरेमा, लगानी रकम आयोजनामा उपयोग नगरी अन्यत्र प्रयोग गरेमा वा दिशान्तर गरेमा, झुठ्ठा विवरण वा तथ्य दिई लगानी प्राप्त गरेको प्रमाणित भएमा कोषले
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संघीय निजामति सेवा विधेयकमा तल्लोे तहका कर्मचारीलाई उपेक्षा गरिएको बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद रिजालले संविधान जारी भए लगत्तै आउनुपर्ने विधेयक ढिलो गरी आएको भएपनि केही सकारात्मक सन्देशहरु दिएको बताउदै विधेयकमा मस्यौदा लेखनमा सहभागि
काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताएकी छिन् । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन कुनै भूगोल र सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको बताएका छन् । सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्शानी भएको बताएका छन् । तराई, मधेसमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या
काठमाडौँ। नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरुका मागहरु समेत संघीय निजामति विधेयकमा समेटेर लैजानुपर्ने माग राखेका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवार बैठकमा संघीय निजामति सेवा विधेयकमाथि सैद्धान्तिक छलफलमा बोल्दै उनले विधेयमा साना तथा निजामति सेवा बाहिरका कर्मचारीहरुलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे । उनले
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताएकी छिन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले भन्सुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरिन् । सरुवा—बढुवा