Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

राजनिति


सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको स्पष्ट विमति छः विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् । बिहीवार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका छन् । व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानूनी

काँग्रेस सदैव नवप्रवर्द्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरण गर्नुपर्ने पक्षमा रहेको बताएका छन् । नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीवार सानेपामा आयोजितत कार्यक्रममा बोल्दै उनले काँग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गन, प्रविधिमा पहुँच पुर्याई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान,

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट पठाइएको पानी

ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन:अमरेशकुमार सिंह

काठमाडौँ। सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरुको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला राजनीतिक दलहरुका शिर्ष तीन नेताहरु (केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल)का विरुद्धमा बोल्नै नहुने स्थिति आएको बताएका छन् । उनले तीन शिर्ष नेताहरुको बारेमा

सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा

काठमाडौँ । हिजो संसदमा नै राजीनामा दिने घोषणा गरेका नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा दिएका छन्। निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा छेडखानी भएको भन्ने विषयमा गठित संसदीय छानबिन समितिले उनलाई नैतिक रूपमा जिम्मेवार ठहराएपछि खतिवडाले पद त्याग गरेका

विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैनः नेम्वाङ

काठमाडौँ। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् । बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उनले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताएका छन् । उनले कारागारमा कैदीबन्दीलाई नै

राज्यले कैदीबन्दीलाई थुनेर राखेर वार्षिक २ अर्ब खर्च गर्दैछः सोविता गौतम

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छिन् । बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । सरकारी तथ्याङ्ककै आधारमा हिसाव गर्दा कैदीबन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरु २ अर्ब

जसपा सांसद झाको गृहमन्त्री लाइ प्रश्नः कारागारभित्र हातहतियार कसरी जान्छ ?

काठमाडौँ। जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छिन् । बुधवार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गरेकी हुन् । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोवार भइरहेको उनको

लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक: मन्त्री खड्का

काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुको मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन्। मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ । उनले विद्युत विस्तार र

प्रचण्डलक्षित ओलीको टिप्पणीः कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका

सम्वन्धित समाचारहरु