Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै


राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै

काठमाडौँ। राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षबाट सञ्चालन गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय सभाको आउँदो अधिवेशनका बैठकहरु सञ्चालन गर्न कृषि समितिको बैठक कक्षलाई आवश्यक मर्मत गर्ने कार्य भइरहेको संघीय संसदका उपसचिव अधिराज राईले जानकारी दिएका छन् ।नयाँबानेश्वरस्थित संघीय संसद भवनमा गत भदौमा जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरेर क्षति पु¥याएपछि राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो । उनले अहिले बैठक कक्षमा फर्निचर व्यवस्थापनदेखि बाटो मर्मतको कार्य भइरहेको बताएका छन्। उनले अब एकहप्ता भित्र सभाको बैठक सञ्चालनका लागि बैठक कक्ष तयार भइसक्ने पनि बताएका छन् ।

उनले भने,‘राष्ट्रिय सभाको अर्को अधिवेशनका बैठकहरु सञ्चालन गर्नको लागि हामीले पुरानै राष्ट्रिय सभाको सभाकक्षलाई नै मर्मत गरेर सभाका बैठकहरु सञ्चालन गर्नको लागि तयारी गरिरहेका छौँ । अहिले त्यहाँभित्रको फर्निचर व्यवस्थापनको कामहरु धमाधम भइरहेको छ । त्यो अन्तिम चरणमा पुगेको छ । र अन्य कुराहरु पनि भइरहेको छ । सभाकक्षमा पुग्नको लागि बाटो लगायतका विषयमा हामीले काम गरिरहेका छौँ । सम्पूर्ण कामहरु एक हप्ताभित्र सकिने गरेर हामीले काम गरिरहेका छौँ ।’

उनले दर्शक र सञ्चारकर्मीहरुको सहजताका लागि समेत कार्य भइरहेको बताएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?