Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

राजनिति


आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आईतवार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन प्रभावित भएको बताएका छन् । आईतवारको बिदा कसैलाई पनि नचाहिएको उनको भनाइ

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ । आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रुपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् ।

रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैनः अरुणकुमार सुवेदी

काठमाडौँ।अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले रसुवा बाढीपछिको पुनर्निर्माण तथा पुनस्र्थापनामा पुरै वाह्य सहयोगमा निर्भर नहुन सरकारलाई सुझाव दिएका छन् । विगतमा जस्तो पुनर्निर्माणका नाममा नेपाल मगन्ते बनेर हिँड्न नहुनेमा उनले जोड दिएका छन् । कुराकानीका क्रममा उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एशियाली विकास बैंक (एडीबी) जस्ता संस्थाबाट सहयोग

हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यवद्धताका लागि चीन सरकार तथा चिनियाँ

सरकारले ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गरेकी छिन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेकी हुन् । उनले पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बेच्न नमानेको

सरकारको रबैया देखेर जनता जनादेश फिर्ता गर्नुपर्ने पक्षमा पुगिसके: महेश बस्नेत

काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधि देखेर जनता निराश भएको बताएका छन् । शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसकेको दाबी गरेका हुन् । उनले सरकार बनेको ६ महिना नपुग्दै जनतामा निराशा उत्पन्न भएको बताएका

सरकारले केही रकम दिएर बाढीपीडित व्यवस्थापनबाट पन्छिन खोज्दैछ:रास्वपा सांसद साह

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साहले सरकार बाढीपीडितलाई व्यवस्थापन गर्नबाट पन्छिन खोजेको आरोप लगाएका छन् । शुक्रवार महिला तथा सामाजिक मामिला समितिको बैठकमा उहाँले बाढीपीडितलाई केही रकम दिएर आफ्नो व्यवस्थापन आफै गर भन्ने मुडमा पुगेको आरोप लगाउदै उनले विपद्मा सरकार अभिभावक बन्नुपर्ने बताएका छन् । बाढीपीडितहरुको सही

बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन

काठमाडौँ। प्रतिनिधिसभाको अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरुमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिकी शुक्रवार बसेको समितिले हेल्प डेक्स राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिएकी छिन् ।

न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग दर्ता भएको छैन : संसद् सचिवालय

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परे पनि त्यो कानुनी रूपमा दर्ता नभएको संसद् सचिवालयले स्पष्ट पारेको छ । केही साताअघि नागरिक शंकर रजकले न्यायाधीश रेग्मी र प्रमुख आयुक्त राईमाथि महाभियोग

उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपक कुमार साह सिफारिस

काठमाडौँ। सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा साहको नाम सिफारिस भएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनका अनुसार साहले आज नै पद तथा गोपनीयताको शपथ ग्रहण

सम्वन्धित समाचारहरु