Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

राजनिति


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले गरे कार्गो रेलको उद्घाटन

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता

१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ । बिहीबार हैदराबाद हाउसमा नेपाल–भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सुरु भएको हो । यसअघि आज नै प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग वार्ता गरेका थिए । त्यस्तै बिहान महात्मा गान्धीको समाधिस्थल पुगेर

एमालेले शुक्रबारका लागि बोलायो सचिवालय बैठक

१८ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत

प्रधानमन्त्री दाहाल राजघाटमा, महात्मागान्धीप्रति सम्मान

१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मागान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुशन । महात्मागान्धीलाई नेपालमा पनि उत्तिकै सम्मान गरिने भएकाले भारत भ्रमणमा पुग्ने नेपालका प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

१८ जेड, नयाँ  दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा

समर्थन फिर्ता लिँदै स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा

१८ जेठ, विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आज आफ्नो पदबाट राजीनामा दिएकी छन् । साथै उनले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी गराइन्

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो

१८ जेठ, एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ । संयुक्त अरब इमिरेट्स (युएई) ले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

आज प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबिच हैदरावाद हाउसमा भेटवार्ता हुँदै

१८ जेठ, दिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (बिहीबार) भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बुधवार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबिच भेटवार्ताको कार्यसूची तय भएको

युक्रेनको खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध लम्ब्याउन ईयू अधिकारीको आग्रह

१८ जेठ, एजेन्सी । युरोपेली संघ (इयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताएका छन् । युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपेली संघका देशहरूले गुनासो गरेपछि युरोपेली संघका सदस्य राष्ट्रहरूबीच विवाद उत्पन्न भएको

करिब तीन हजार अफगानी शरणार्थी इरानबाट स्वदेश फिर्ता

१८ जेठ, एजेन्सी । इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा एकै दिन ठूलो सङ्ख्यामा अफगानी शरणार्थी इरानबाट स्वदेश फर्किएको जानकारी दिइएको हो । “इरानमा वर्षौंसम्म शरणार्थीको रूपमा बिताएपछि मङ्गलबार दुई हजार ७७८ अफगानी

सम्वन्धित समाचारहरु