Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एमालेलाई सरकारमा जान हताराे छैन : ओली


२६ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा उनले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट पारे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश सङ्गठन कमिटीको सातौं बैठकमा उनले सो कुरा बताएका हुन् ।

आफ्नो पार्टी सरकार बनाउने, खसाउने खेलमा सहभागी नहुने उनको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा रहेको चर्चा गरे । उनले सरकार र सत्तारुढ दलले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोश व्यक्त गरे ।

सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुनेगरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको उनको टिप्पणी छ । ओलीले भने, ‘अहिले सात महिना त सिद्धियो । मिटरब्याजीहरुको सम्बन्धमा जेठ २४ गते विधेयक पास गर्न दिएनन् भनेर गृहमन्त्रीले भने पनि त्यो सत्य नभएको उनको भनाइ छ । ६० दिनभित्र विधेयक पारित गरिसक्नुपर्ने प्रावधान भए पनि सरकारले सो अनुसारको काम नगरेको उनले आरोप लगाए । “हामीले भन्यौं मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने विषय छ । संसद् चलाउने गरी अघि बढौं ।” तर सो अनुसार काम नभएको उनको भनाइ छ ।

पार्टी मिसन २०८४ मा रहेकाले अध्यक्ष ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?