Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

एमालेलाई सरकारमा जान हताराे छैन : ओली


२६ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा उनले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट पारे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश सङ्गठन कमिटीको सातौं बैठकमा उनले सो कुरा बताएका हुन् ।

आफ्नो पार्टी सरकार बनाउने, खसाउने खेलमा सहभागी नहुने उनको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा रहेको चर्चा गरे । उनले सरकार र सत्तारुढ दलले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोश व्यक्त गरे ।

सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुनेगरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको उनको टिप्पणी छ । ओलीले भने, ‘अहिले सात महिना त सिद्धियो । मिटरब्याजीहरुको सम्बन्धमा जेठ २४ गते विधेयक पास गर्न दिएनन् भनेर गृहमन्त्रीले भने पनि त्यो सत्य नभएको उनको भनाइ छ । ६० दिनभित्र विधेयक पारित गरिसक्नुपर्ने प्रावधान भए पनि सरकारले सो अनुसारको काम नगरेको उनले आरोप लगाए । “हामीले भन्यौं मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने विषय छ । संसद् चलाउने गरी अघि बढौं ।” तर सो अनुसार काम नभएको उनको भनाइ छ ।

पार्टी मिसन २०८४ मा रहेकाले अध्यक्ष ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?