Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

भ्रष्टाचारविरुद्ध सरकारले स्टन्टमात्र गर्‍यो, तमासा गरिरह्यो : केपी ओली


२६ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ मात्र गरिरहेको बताएका छन् ।

मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताएका हुन् ।

उनले भनेका छन्, ‘यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर वाहीवाही गर्ने षड्यन्त्रमात्रै हो यसबाट केही हुनेवाला छैन । जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन । यिनीहरुले के गर्छन् अन्त ? ‘

उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भन्नु भित्तामा हानेको भकुन्डो आफैंलाई लाग्ने जस्तो भएको बताउँदै भने, ‘यिनीहरुले भकुण्डो भित्तामा हान्छन् भित्ताबाट भकुण्डो फर्केर आफ्नै टाउकामा लाग्छ । अर्कोलाई हान्न खोज्छन् तर आफ्नै टाउकामा लाग्छ । त्यसो भएपछि यिनीहरुले केही गर्ने होइनन् यो सबै स्टन्ट हो ।’


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?