Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

‘५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्छ’


२६ ,असार ,काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्नेमा जोड दिइएको छ ।

आज बसेको समितिको बैठकमा आमन्त्रित संविधानसभा सदस्य विन्दा पाण्डेसहित समितिका सदस्यले सो विषयमा साझा मत राखेका हुन् । ‘प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक’ माथिको छलफलमा उनले निर्वाचनमा महिलाले अनावश्यक खर्च कम गर्न खोज्ने तर पैसाको बलमा चुनाव चलाउने विकृतिले महिलाको सहभागितालाई कमजोर बनाएको बताईन् ।

बैठकमा संविधानसभा सदस्य पाण्डेले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा थप गरिएका र स्पष्ट पारिएका प्रावधानमा लैङ्गिक दृष्टिकोणबाट एक कार्यपत्र प्रस्तुत गर्दै ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चितका लागि बहस गर्न जरुरी रहेको बताईन् ।

मस्यौदामा भएका सकारात्मक प्रावधान, संविधानको दृष्टिकोणबाट सुधार गर्नुपर्ने पक्ष, लैङ्गिक सहभागिता र मौलिक हक, मौलिक हक कार्यान्वयन र संवैधानिक व्यवस्था, मौलिक हकसम्मत बनाउनुपर्ने प्रावधान, संविधानसम्मत बनाउनुपर्ने प्रावधान, तिनै तहको भूमिका र सम्बन्धित निकायको भूमिका विषय कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।

समितिका ज्येष्ठ सदस्य सभापति रोशन कार्कीले बन्दै गरेको निर्वाचन विधेयकमा महिला र पुरुषको अवस्थाबारे जानकारी लिनु बैठकको ध्येय रहेकाले विधेयक आउनुपूर्व समितिको सुझाव संसद्मा दिन सान्दर्भिक रहने बताए ।

समिति सदस्य तथा सांसद शोभा ज्ञवालीले चुनावमा जनसङ्ख्याको आधारमा ५० प्रतिशत टिकट महिलालाई प्रदान गरी महिलाबीच प्रतिस्पर्धा गराएमा सहभागिता अभिवृद्धि गर्न सकिने बताईन् । “चुनवमा एउटा दलबाट महिला सदस्य उठाएमा अर्को दलले पनि महिला नै उठाई उनीहरूबीच प्रतिस्पर्धा गराएमा महिलाको सहभागिता वृद्धि गर्न सकिन्छ”, उनले भनिन् ।

समितिका सदस्यले मुलुकको विविधतालाई स्थापित गरी पूर्ण समानुपातिक सहभागिता कायम गर्न निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्नेमा जोड दिँदै कोटा छुट्याइनुपर्ने, प्रत्यक्ष निर्वाचनमा जान महिलासक्षम रहेको तर निर्वाचन खर्चलाई व्यापक नबनाएकै कारण पराजित हुन परेको बताएका थिए ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?