२ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली संसद खुल्ने बताएका छन् । शनिवार स्व. राजवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले आइतबारबाट संसद्को अवरोध हट्ने बताए । हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरूलाई थाहा छँदै छ । हिजो मात्रै पनि
२ ,भाद्र ,झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएका छन् । आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले हिजो धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरोकारवालसँग बसेर छलफल नगरी विद्येयक ल्याउँदा यस्तो समस्या भएको बताए । महामन्त्री शर्माले प्रस्तावित
२ ,भाद्र ,सुदूरपश्चिम। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिरोले अवरुद्ध हुनपुगेको धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । पहिरो प्रभावित भीमदत्त राजमार्गको बूढीतोला सडक खण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै मन्त्री ज्वालाले सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रतिसरकारको ध्यान गएको
१ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाका सांसद बिराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रमा राजनीति गर्नु नहुने बताएका छन् । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको ‘हनुमानढोका स्मारिका’ विमोचन तथा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकलाको अस्थायी प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले यसअघिका जनप्रतिनिधिले राजनीति गरेर कतिपय सम्पदामा पुरातत्व विभागलाई पनि प्रवेश गर्न
१ ,भाद्र ,काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निक्र्योल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका
१ भदाै, प्युठान,। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकार सामान्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममै रहेको
१ ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताएका छन् । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकी संहितालगायत अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताए । “देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन
१ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिए । “शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,” उनले भने,
१ ,भाद्र ,सुरुङ्गा (झापा) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए । “जनताका धेरै कुरा उठाउनुछ”, उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा
१ भदाै, काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जिल्ला जिल्लामा महिला विकास कार्यालयको खारजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयसँगको सम्बन्ध फेरि जोडेका छन् । मन्त्री आचार्यले सयदिनको अवधिमा जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई मन्त्रालयको प्रत्येक जिल्लामा सम्पर्क विन्दुको रुपमा तोक्ने निर्णय गरेर जिल्लासँगको मन्त्रालयको सम्बन्ध जोडेका हुन् ।