काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दर्ता भ्रष्टाचार मुद्दाको फैसला आगामी साउन १३ गते दिने भएको छ।न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेपछि १३ साउनमा फैसला सुनाउने गरी मिति तोकेको हो । जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा
काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ परे तर, नौ सञ्चालक अझै फरार छन् । सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन् । संस्थाका आठ सय ५२ जना सदस्यको
काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न ‘छवि सुधार’, ‘संयुक्त स्वामित्वको विकास’ ‘सार्थक र सक्रिय सशक्तिकरण’ जस्ता पक्षका काम गर्नु पर्ने सुझाव प्राप्त भएको छ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन अनुसन्धान अभिमुखीकरण कार्यक्रम’मा, सहकारी सञ्चालनको अन्तरराष्ट्रिय सिद्धान्तसँगै व्यवहारिक
काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई कार्य क्षेत्र बनाएर दर्ता भएपछि सम्पर्कमा नभएका करिब ९ सय सहकारीहरुको दर्ता खारेजी प्रक्रिया प्रारम्भ गर्न विज्ञहरुले सुझाव दिनुभएको छ । महानगरपालिकाको सहकारी विभागले आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन, अनुसन्धान’ विषयक अभिमुखीकरण तालिममा सहकारीविज्ञ काशीराज दाहालले भन्नुभयो, ‘पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ।आज बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रस्ताव पेशपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन संचालनमा आएको छ । २०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रुपले क्षती भई बन्द भएको थियो । बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५
विकास श्रेष्ठ, काठमाडौं।सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाकाे पर्दाफास भएकाे छ। कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने,कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि समाचार राेक्न पत्रकारलाइ विज्ञापनकाे प्रलाेभनदेखि समाचार नलेख्नेसम्मका धम्की दिन थालिएकाे छ। नेपालमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ वैठकले नगर सभाको मिति तय गरेको हो । वैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बैठक शुभारम्भ गरेर सञ्चालनका
काठमाडाैं । आठ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । लामा नेपाली कांग्रेसका नेता समेत हुन् ।