Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ : उपप्रधानमन्त्री पौडेल


काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीवार पाँचौ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै अर्थमन्त्री पौडेलले कानून, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ रहेको बताएका छन् । उनले व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै जानुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् । उनले पूर्वाधार विकासलाई प्रवद्र्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहने जिकिर गरे ।

उनले मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी बिस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकुल नीति अवलम्वन गर्दै आएको बताए। उनले पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनु बताउदै उनले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्नेगरी पुँजीगत र वित्तीय व्यवस्थामा बजेट विनियोजन गरिएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको बताए ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?