Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ : उपप्रधानमन्त्री पौडेल


काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीवार पाँचौ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै अर्थमन्त्री पौडेलले कानून, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ रहेको बताएका छन् । उनले व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै जानुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् । उनले पूर्वाधार विकासलाई प्रवद्र्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहने जिकिर गरे ।

उनले मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी बिस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकुल नीति अवलम्वन गर्दै आएको बताए। उनले पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनु बताउदै उनले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्नेगरी पुँजीगत र वित्तीय व्यवस्थामा बजेट विनियोजन गरिएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको बताए ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?