१७ असार ,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३
१७ असार, काठमाडाैँ । सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेर
१७ असार, एजेन्सी । श्रीलङ्काको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए । श्रीलङ्का संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले संशोधनसहितको प्रस्ताव पारित भएको संसदलाई जानकारी दिएका छन् । विपक्षी सांसद वडिवेल
१७ असार ,काभ्रे । काभ्रेपलाञ्चोकमा जेष्ठ मसान्तसम्म अर्थात् चालु आर्थिक वर्षको ११ महिनामा रु ६० करोडले मालपोत करमा गिरावट आएको छ । सरकारले एक वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोबार गर्ने अनिवार्य व्यवस्था लागू भएसँगै घरजग्गामा आएको मन्दीका कारण राजस्व सङ्कलनमा ठूलो रकम गिरावट भएको हो । जिल्ला मालपोत कार्यालय धुलिखेलमा
१६ असार, एजेन्सी । युरोपेली सङ्घ (इयू) ले युक्रेनको पुनर्निर्माणका लागि वार्षिक तीन अर्ब युरो जुटाउने बताएको छ । यसका लागि ईयूले युक्रेनमा रोक्कामा रहेको रूसी केन्द्रीय बैंकको सम्पत्तिको ब्याजमा कर लगाउन सक्ने बेल्जियमका प्रधानमन्त्रीले शुक्रबार बताएका छन् । ब्रसेल्समा ईयूका नेताहरूको शिखर बैठकपछि अलेक्जेन्डर डी क्रुले भने, “हामी अप्रत्याशित नाफाको
१६ असार, पोखरा । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गरे । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने
१६ असार, काठमाडाैँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने जनाएको छ । महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले विगतमा बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री गर्ने कम्पनी नवीकरण नभएका कारण महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन
१६ असार ,काभ्रे । पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणलगायत विविध कारण सम्मेलन लगातार चार वर्ष अनिश्चित भएको थियो । नगरले आर्थिक वर्ष २०८०/०८१ मा लगानी लम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ । सम्मेलनको अयोजना घोषणा गरेको नगरले कोरोना
१६ असार ,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि एक छात्रलाई छात्रवृत्तिस्वरुप रु ११ लाख ६६ हजार सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिका–१ निवासी दीपक दवाडीका छोरा दिक्षण दवाडीलाई अध्ययनका लागि गाउँपालिकाले पहिलो किस्ताबापत रु ११ लाख ६६ हजार सहयोग गरेको हो । उक्त रकमको चेक गाउँपालिकाका अध्यक्ष शुक्र
१५ असार, काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट ल्याएको छ । बिहीबार १३औं गाउँ अधिवेशन मार्फत उपाध्यक्ष दलमान थोकरले उक्त बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाले २०८०-०८१को बजेटमा शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार विकास र विपद् व्यस्थापनतर्फ ध्यान