Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

साताको पहिलो दिन नै २६ दशमलव १४ अङ्कले घट्यो नेप्से


१४ श्रावण, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ ।

विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार तीन सय २७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०४ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह दुई सय १० दशमलव ३७ अङ्क र जीवन बीमा समूह एक सय ८८ दशमलव १८ अङ्कले घटेको छ ।

आज बैंकिङ सात दशमलव ९८, विकास बैंक ५९ दशमलव १६, वित्त ४३ दशमलव ६५, होटल तथा पर्यटन एक सय २० दशमलव ८२ र जलविद्युत् ३३ दशमलव ६५ अङ्कले घटेको छ ।

त्यसैगरी, लगानी समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन ३२ दशमलव ७९, लघुवित्त ६५ दशमलव ३५, व्यापार ६० दशमलव ०९ र अन्य समूह २८ दशमलव ५१ अङ्कले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता तीन दशमलव ५६ प्रतिशतले दरले बढेको छ भने सबैभन्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ७८ लाख ७४ हजार तीन सय ४९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको दुई लाख ६८ हजार सात सय ७४ कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?