चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रले लय समाउन थालेको छ भन्नुभयो । उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र
१८ ,मङ्सिर ,काठमाडौँ । निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए । राहत र
१८ ,मङ्सिर ,म्याग्दी । गण्डकी प्रदेशका यातायात कार्यालयले चालुु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । चालुु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार तीन सय ४९ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको
१८ ,मङ्सिर ,काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
१८ ,मङ्सिर ,काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री विवाद र शङ्काको घेरामा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा
काठमाडौं। प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा प्रभु क्यापिटलका ग्राहकका लागि छुट दिन सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन् । सो सम्झौताअनुसार अन्तर्गत प्रभु
तनहुँ। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ । आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु गरी गत असारमा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र अघि बढाएको हो । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरी मार्किचोकसम्मको करिब तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरिसकेको छ भने
काठमाडौं। निर्माण व्यवसायी विकास परिषद्ले जाजरकोट भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै, भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र
पर्वत। पर्वत जिल्लाको भौतिक विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन बनेको छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेवल तथा झोलङ्गे पुल, ग्रामीण सडक स्तरोन्नतीका साथै खेलमैदान निर्माणलगायत एक सय ७२ योजना प्रभावित बनेका छन् । उक्त कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन बनेको
काठमाडौं। सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ भने आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ । आज