Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पोखरा विमानस्थलबाट झण्डै २८ करोडको वस्तु आयात


काठमाडाैं। नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलपछि पोखराबाट बढी अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

त्यसैगरी, उडानमार्फत व्यवसायीले सो मूल्य बराबरको सामान भित्राएको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ, यो विमानस्थल हुँदै निर्यात भने भएको छैन । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान छैन,तर त्यहाँ पर्यटन प्रयोजनका लागि बेला बेला चार्टर्ड उडानहरू भइरहेका छन् ।

त्यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने मात्र ८ लाख ४२ हजार रुपैयाँ बराबरको वस्तु यस अवधिमा आयात भएको छ भने नियमित उडान निरन्तर प्रभावित हुँदा गौतमबद्धबाट अपेक्षित वैदेशिक व्यापार हुन नसकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अर्बौँ रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार हुन्छ । तथ्याङ्क अनुसार मंसिरसम्म यो विमानस्थलबाट ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने यो कुल आयातको ८.९५ प्रतिशत हो ।

यस वर्ष ५ महिनामा ६ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको छ भने यस विमानस्थलबाट ५ महिनामा १५ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २४.८४ प्रतिशत हो । समीक्षा अवधिमा ६३ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?