Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पोखरा विमानस्थलबाट झण्डै २८ करोडको वस्तु आयात


काठमाडाैं। नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलपछि पोखराबाट बढी अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

त्यसैगरी, उडानमार्फत व्यवसायीले सो मूल्य बराबरको सामान भित्राएको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ, यो विमानस्थल हुँदै निर्यात भने भएको छैन । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान छैन,तर त्यहाँ पर्यटन प्रयोजनका लागि बेला बेला चार्टर्ड उडानहरू भइरहेका छन् ।

त्यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने मात्र ८ लाख ४२ हजार रुपैयाँ बराबरको वस्तु यस अवधिमा आयात भएको छ भने नियमित उडान निरन्तर प्रभावित हुँदा गौतमबद्धबाट अपेक्षित वैदेशिक व्यापार हुन नसकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अर्बौँ रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार हुन्छ । तथ्याङ्क अनुसार मंसिरसम्म यो विमानस्थलबाट ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने यो कुल आयातको ८.९५ प्रतिशत हो ।

यस वर्ष ५ महिनामा ६ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको छ भने यस विमानस्थलबाट ५ महिनामा १५ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २४.८४ प्रतिशत हो । समीक्षा अवधिमा ६३ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?