Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

भूकम्पपीडितका लागि नेविसंघले दियो ७ लाख ११ हजार रुपैयाँ सहयोग


काठमाडौं। नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूकालागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।

उक्त समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए । त्यस्तै, नेविसंघका नेताहरूले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, मंगलबारमात्रै प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका थिए भने अर्को बिहानै नेविसंघले प्रधानमन्त्रीलाई भेटेर उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्न माग गरेको हो ।

त्यस्तै, पाण्डेका अनुसार नेविसंघले यसअघि भूकम्पप्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गरेको थियो भने विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन गरिरहेको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ ।

 


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?