Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

भूकम्पपीडितका लागि नेविसंघले दियो ७ लाख ११ हजार रुपैयाँ सहयोग


काठमाडौं। नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूकालागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।

उक्त समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए । त्यस्तै, नेविसंघका नेताहरूले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, मंगलबारमात्रै प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका थिए भने अर्को बिहानै नेविसंघले प्रधानमन्त्रीलाई भेटेर उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्न माग गरेको हो ।

त्यस्तै, पाण्डेका अनुसार नेविसंघले यसअघि भूकम्पप्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गरेको थियो भने विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन गरिरहेको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ ।

 


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?