१५ श्रावण, काठमाडाैँ । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका
१५ श्रावण, काठमाडाैँ। सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले नै घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ छ सय र तेजाबी सुन प्रतितोला एक
१५ श्रावण, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममार्फत वस्तु विनिमय बजार (डेरिभेटिभ मार्केट) सुरु गर्नेदेखि ‘इन्ट्रा डे’ कारोबारको प्रबन्ध मिलाउनेसम्ममा वार्षिक योजना सार्वजनिक गरेको छ । बोर्डले लामो समयदेखि डेरिभेटिभ मार्केट चलाउने भन्दै आएकामा त्यसको नीतिगत तथा व्यावहारिक
१४ श्रावण, काठमाडाैँ । सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा अर्थमन्त्री महतलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको
१४ श्रावण, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार तीन सय २७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५०
१४ श्रावण, काठमाडाैँ । जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसनमा
१४ श्रावण, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन् । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उनले बताए । आइबिएन मिडियाले आज काठमाडौँमा आयोजना
१४ श्रावण, काठमाडाैँ । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय
१४ श्रावण, एजेन्सी । विश्व बैङ्कले बङ्गलादेशको ग्यास वितरण प्रणालीका लागि ३० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । विश्व बैंकले बङ्गलादेशलाई आवासीय र औद्योगिक उपभोक्ताहरूका लागि प्रिपेड मिटरिङ प्रणालीमार्फत ग्यास वितरण र अन्त्य–उपयोगको दक्षता सुधार गर्न र प्राकृतिक ग्याँस मूल्य श्रृङ्खलामा मिथेन उत्सर्जन कम गर्न मद्दत गर्न ३० करोड अमेरिकी
१३ श्रावण, काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन्। विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन्। गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी रू दुई खर्ब १४ अर्ब