Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा हरियाली, २९.४७ अङ्कले लाग्यो उकालो


६ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ७६ दशमलव २९ अङ्कले र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३२ दशमलव २२ अङ्कले बढेको छ । बैंकिङ समूह नौ दशमलव ५४, विकास बैंक ४३ दशमलव ५५, वित्त ३३ दशमलव ८२, होटल तथा पर्यटन ५७ दशमलव २८ र लगानी समूह एक दशमलव ०७ अङ्कले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन ४२ दशमलव ८०, लघुवित्त ६१ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ५५ दशमलव ४९ र अन्य समूह १३ दशमलव ३७ अङ्कले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ अङ्कले बढेको छ भने धेरै घट्नेमा सिजिटन्स सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सात दशमलव ४२ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको रू सात करोड ५७ लाख ६५ हजार आठ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको एक लाख ५१ हजार सात सय १३ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?