Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बेष्ट फाइनान्सद्वारा विभिन्न गुठीलाई पाँच लाख सहयोग


८ ,भाद्र ,काठमाडौँ । नेवारी मौलिक परम्परागत धिमे बाजाको संरक्षणका लागि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले उपत्यकाका विभिन्न गुठीलाई रु पाँच लाख सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा गुठीलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरेको हो ।

कम्पनीका प्रमुख लगानीकर्ता गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले गुठीका प्रतिनिधिलाई चेक हस्तान्तर गरे ।

उनले कला र संस्कृतिको संरक्षण प्रवर्द्धन नभएसम्म मुलुक समृद्ध नहुने भन्दै यस कार्यमा सबै जुट्नुपर्ने खाँचो औँल्याए ।

उनले काठमाडौँ उपत्यकाको नेवारी संस्कृति पर्यटनको उपज भएकाले कला र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रलाई योगदान दिन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष खिमलाल पौडेलले काठमाडौँ उपत्यकाको सम्भाव्यता विश्वकै समृद्ध सभ्यता रहेको भन्दै यसको जगेर्ना गर्न अहिलेको पुस्ताको ध्यान जानुपर्ने खाँचो औँल्याए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उमेशसिंह भण्डारीले देशको गौरवको रुपमा रहेको नेपाली भाषा, संस्कृति र सम्पदाको संरक्षण प्रवर्द्धनमा कम्पनीले भूमिका खेल्दै आएको विश्वास व्यक्त गरे ।

कम्पनीका सञ्चालक समिति सदस्य श्रीराम श्रेष्ठले समाजमा रहेका सबै जाती, धर्म र संस्कृति संरक्षणका लागि सबैको सक्रिय भूमिका चाहिने बताए ।

भिंद्योलाछी युथ क्लबका अध्यक्ष तरिकाजी अवालेले धिमैबाजामा मात्र नभई अन्य कला र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?